Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कतारमा ‘हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’

Thursday, December 27, 2018 National Power

१२ , पुस / काभ्रेपलान्चोक –  हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिको आयोजानमा यहि माघ १८ गते कतारमा ‘हिमायलयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना हुने भएको छ ।

बुधबार आयोजकले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी सो कुरा जानकारी दिएका हुन् । आयोजकका अनुसार आगामी माघ १८ गते ९ फ्रेबअरी तारिख कतारको दोहामा सम्पन्न गरिने अवार्ड कार्यक्रममा नेपाली गीत संगीतका ३७ विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा अवार्डका संयोजक डि.एन घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बताए । हिमालयन नेपाली ईभेन्ट्स प्रा.ली.का उपाध्यक्ष समेत रहेका घिसिङले भने २०१८ मा मलेसियामा यस्तै अन्तर्रा्ष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेकोले कार्यक्रम सफलतापूर्वक भव्य रहने बताए । घिसिङले भने, ‘विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुन्छन् । तर, त्यसप्रति पनि हामी सक्षम छौं । नेपाली कलाकारहरुको जीवन बिचराको स्थितिमा छ । खासमा रोउल्टी उठाउने हो भन,े सबैले गीत सुने बापत पैसा तिर्ने हो भने कुनै पनि कलाकारहरुले बरालिनुपर्ने दिन रहँदैन जस्तो लाग्छ । लगानी नउठे पनि कलाकारहरुले यस क्षेत्रमा लगानी गरिरहेका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा हिमालयन नेपाल ईभेन्ट्सले कतारमा गर्दैछ ।’

कार्यक्रममा अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीत संगीतको बजार ब्यापक बन्दै गएको बताए । हिमालयन नेपाली ईभेन्ट्स प्रा।लि।का निर्देशक सविन घिसिङले आगामी माघ १८ गते कतारमा सम्पन्न हुने अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने जानकारी दिए ।

भोली शनिबार पुस १४ गते राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा टप पाँच नोमिनेसन सम्पन्न गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । टप पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरि कतारमा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।

‘सृजनाको मुल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत,उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक र गायिका, उत्कृष्ट मोडलल गायतका ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

अवार्डको निर्णायकमा मोक्तान सहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, उवन वाङ लामा, विक्रमजंग शाह, रोज मोक्तान, अन्ना स्टीर लगायत रहेका छन् ।

संगीतकर्मी संघका केन्द्रिय महासचिव विक्रमजंग शाह, संगीतकर्मी टिका बोम्जन, बिमाविद् कृष्ण बहादुर राउत, म्युजिक भिडियो निर्देशक राजेश तिमिल्सिना, संगीतकर्मी संघ नेपाल, नवलपरासी शाखाकी अध्यक्ष तथा लोक गायिका राधा तिवारी लगायतको उपस्थिती रहेको कार्यक्रम सञ्चालन मिस तामाङ–२०१८ की विजेता सिमरन स्याङ्बो तामाङले गरेकी थिईन् ।