Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अनामनगरमा मयूर डान्स एकेडेमी संचालनमा

Thursday, December 13, 2018 National Power

काठमाण्डौ– राजधानीको अनामनगर स्थित हनुमान स्थानमा सक्रिय कलाकार यूवाहरुले डान्स एकेडेमी संचालनमा ल्याएका छन् । गीतकार एवं कलाकार प्रविण थपलियाको संयोजकत्वमा कलाकार एवं निर्देशक गौरव गिरीले मयूर डान्स सेन्टरको यहि मंसीर २६ गतेवाट संचालनमा ल्याएका हुन् । चलचित्र निर्देशक माधव राज खरेलको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको उक्त कार्यक्रममा नायक श्रीदेव भट्टराई र नायिका शितल श्रेष्ठलाई आजिवन संस्थापक कलाकारहरुको पदवी समेत प्रदान गरिएको थियो ।


अनुभवि र दक्ष प्रशिक्षकद्धारा तालिम प्रदान गरिने उक्त एकेडेमीमा नृत्यका अलवा, संगीत, अभिनय, जुम्वा लगाएतका प्रशिक्षण हुने पनि वताईएको छ । कार्यक्रममा समाजसेवी यूवराज गाउँले, सोमा खत्री वरिष्ठ अधिवक्ता राजेन्द्र शर्मा लगाएतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।