Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बल्खुबाट एक किलो ‘सुन’सहित ३ जना पक्राउ

Wednesday, November 28, 2018 National Power

काठमाडौं – महानगरीय प्रहरी प्रभाग, बल्खुले एक किलो ‘सुन’सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भइ ललितपुर सानेपा बस्दै आएका २८ वर्षीय गोपाल विक, सल्यान घर भइ पाटन बंगालामुखी बस्दै आएका २७ वर्षीय सञ्जय कुमार तिरूवा र दाङका २७ वर्षीय शिव कुमाल छन् ।

उनीहरुलाई बल्खु प्रभागबाट खटिएको सीआरभी टोलीले अवैध ‘सुन’सहित गएराति नियन्त्रणमा लिएको हो । यद्यपि, त्यो ‘सुन’ नक्कली या सक्कली हो भन्ने प्रहरीले छुट्टयाउन सकेको छैन । ललितपुर प्रहरीका एसपी शेखर खनालका अनुसार बरामद ‘सुन’ लार्इ परीक्षणका लागि पठाउने तयारी छ ।

महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूजा सिंहका अनुसार उनीहरुलाई राति ११ बजे रोयल गेष्ट हाउस अगाडिबाट नियन्त्रणमा लिइएको हो । ‘बा १० च ८९९२ नम्बरको टाटा डीआई गाडीलाई चेकजाँचको क्रममा सुन भेटिएको थियो’, उनले भनिन्, ‘सुनसहित इलेक्ट्रिक तराजु १ थान, धातु काट्ने कैंची १ थान र नगद ३६ लाख ६५ हजार रूपैयाँ पनि बरामद भएको छ ।’ पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।