Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ सम्पन्न !

Wednesday, November 28, 2018 National Power

बुटबल –  प्रदेश ५ को राजधानी बुटवलमा पहिलो पटक फेसन शो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाईएको थियो । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्याम्पमा उत्रिएका थिए । एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान गरिएको थियो ।

आविष्कार खनाल र स्मारीका तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरीयोग्राफीमा र्याम्पमा उत्रिएका मोडलहरुबीच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दीपक लक्की फेशन शोस्टपर्स थिए । कार्यक्रममा नेपालका चर्चीत फेसन डिजाइनरहरुको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन तथा ढाकाका पहिरनहरु पहिरिएर मोडलहरुले शो लाई रङ्गीन बनाएका थिए ।

पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सांसद निर्मला क्षेत्रीले कार्यक्रममा बोल्दै सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताइन । फेसन सो लाई मर्यादित तरिकाले अगाडी बढाउनसके यसको भविष्य राम्रो हुनेमा जोड दिइन । कार्यक्रम सपोर्टरको रुपमा रहेर इभेन्ट माकेर्टिङ मेनेजर निता श्रेष्ठ, अभिषेक रावल, गिरिराज बन्जाडे, टिका भुसाल, नरहरी कार्कीलगायतले दिएको साथ र सहयोगले कार्यक्रम पहिलोपटक भए पनि भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सि।ई।ओ। ममथा बस्नेतले बताइन ।
राजधानीमा मात्र सिमित रहेको फेसन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्ने भन्दै आयोजना गरिको उक्त फेसन शो मा कार्यक्रम एसोसिएट्स वरिष्ठ उद्घोषक गोपाल प्रसाद अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयलगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागी हुन राजधानीबाट इभेन्ट अर्गनाइजर डेभिल सिंह राजपुत, सञ्चारकर्मी माधवराज खरेल, सौन्दर्य व्यवसायी सुसिला थापा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोडल आशा थापा, प्रज्ञा ढुंगेललगायत दर्जनभन्दा बढि कलाकर्मीहरु बुटवल पुगेका थिए । कार्यक्रममा गायक ध्रुव बिस्को, नितु कोइराला, सपन श्रेष्ठ, विनोद ढकाल, दीपक लक्की, पुर्णिमा लामा, सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भटटराईलगायत स्थानीय स्तरका कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम सपोर्टरको रुपमा रहेर इभेन्ट मार्केटिङ मेनेजर निता श्रेष्ठ, अभिषेक रावल, गिरिराज बन्जाडे, टिका भुसाल, नरहरी कार्कीलगायतले दिएको साथ र सहयोगले कार्यक्रम पहिलोपटक भए पनि भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सि।ई।ओ। ममथा बस्नेतले बताइन । राजधानी लगायत देशका बिभिन्न स्थानमा बिभिन्न इभेन्टहरु सञ्चालन गर्दै आएको पेजेन्ट नेपालले होटल व्यवसायसँगै पर्यटन प्रवद्धनमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै होटल एसोसियसन अफ रुपन्देहीले पेजेन्ट नेपालसँग सहकार्य गर्ने पतिवद्धता व्यक्त गरेको कुरा समेत बस्नेत जनाइन । फेसन शो र बिभिन्न सांस्कृतिक प्रस्तुतिसँगै बुटवलवासीहरुकाबीच भव्य र उत्साहजनक सहभागितामा भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रङ्गीन बनेको थियो ।