Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भोलीबाट देशभर कोईला लाग्दै

Thursday, November 22, 2018 National Power

काठमाडौं –  दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक प्रज्वल गिरीले निर्माण र अभिनय गरेको पछिल्लो चलचित्र कोईला प्रदर्शनको तयारीमा रहेको छ । भोली देशभरका हलहरुबाट कोईला  आम दर्शकमाझ आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टोली यतिबेला निकै व्यस्त बनेको छ ।

विभिन्न कार्यक्रमका साथै चलचित्रको आक्रामक प्रचार प्रसारमा जुटको कोईला टोलीले चलचित्रले दर्शकको साथ पाउने अपेक्षा राखेको छ । चलचित्र वर्तमान परिस्थितिसँग मेल खाने नायक तथा निर्माता प्रज्वलले बताए । केही समय पहिले कलंकी हलमा चलचित्रको च्यारिटि शो गरिएको थियो ।

च्यारिटी शोमा पुगेका दर्शकले चलचित्र निकै राम्रो बनेको बताए । दर्शकको प्रतिक्रियाबाट सन्तुष्ट बनेको कोईला टोली चलचित्र प्रदर्शनमा आएपछि पनि यस्तै दर्शकको साथ रहने अपेक्षामा रहेको छ । सम्पुर्ण दर्शकहरुको मन जित्नेमा विश्वस्त बनेको छ । चलचित्र कोईला यस अघि बैशाख २१ मा दर्शक माँझ आउने मिति तय भैसकेको थियो तर उक्त मितिमा धेरै चलचित्र एक साथ प्रदर्शनमा आउने भएका कारण निर्माण पक्षले चलचित्रको मिति पोष्टपोण्ड गरेको थियो ।

चलचित्र कोईला आरोहि फिल्मस्को ब्यानरमा निर्माता बि जे शर्माले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन् । चलचित्रमा एक्सन नायकको रुपमा आफूलाई चिनाउन सफल नायक प्रज्वल, सोनीया गिरी, ममता खड्का, ध्रुब कोईराला, किरण थापा, कालु राणा, देब नेपाल, रामचन्द्र अधिकारी सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास, अभिषेक गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

गजेन्द्र रञ्जित निर्देशित उक्त चलचित्रको छायाकंन मदन कस्यप घिमिरेले गरेका हुन् । चलचित्रमा नेपालकै एक सुकुम्बासीको कथा ब्यथालाई समाबेश गरिएको र चलचित्र हेर्न हल पुग्नु दर्शकहरुलाई चलचित्रले २ घण्टाको अवधि ढुक्कका साथ बाँधेर राख्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । चलचित्रमा हासोे, रोदन, एक्सन समाबेश भएका कारण दर्शकका लागि चलचित्र एक पूर्ण प्याकेज भएको निर्माण पक्षको दाबी छ ।