Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काभ्रेमा रहस्यमय घटना, एक युवती झुण्डिएको अवस्थामा फेला

Monday, November 19, 2018 National Power

३, मंसिर / काभ्रे – काभ्रेमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । पनौती नगरपालिका–५ बस्ने २१ वर्षीया सुधा केसी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । काभ्रे क्याम्पसमा बिए पढ्दै गरेकी सुधाको शव रुखमा झुण्डिएको अवस्थामा ब्रा र पेन्टी मात्रै लगाएको अस्थामा फेला परेकी हुन् । आज विहान ५ बजेतिर घरबाट क्याम्पस पढ्न हिडेकी केसी मृत फेला परेकी काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

घटनास्थलमा युवतीले निकै संघर्ष गरेको जस्तो देखिएकाले कसैले मारेर झुण्डाएको हुनसक्ने डिएसपी गिरीको भनाई छ । उनी भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा कसैले कतव्र्य गरेर झुण्ड्याएको जस्तो देखिन्छ । तर यो नै कारण हो भन्न सकिने अवस्था अहिले छैन् ।’ युवतीको ब्रा र पेन्टी मात्र लगाएको अवस्थामा घाँटीमा हरियो डोरीले झुण्डाईएको अवस्थामा शव फेला परेको हो ।

सुधाका परिवारले प्रहरीमा जाहेरी दिन लागेको र घटनाबारे थप अनुसन्धान हुने डिएसपी गिरीले बताए । शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि थप रहस्य खुल्ने प्रहरीले जनाएको छ ।