Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

भारत, युएई र मलेसियाका लागि राजदूत सिफारिस

Monday, November 12, 2018 National Power

काठमाडौं– सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।

राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् । यसैबीच सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ । बैठकले अबदेखि मन्त्रीपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो । अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यसअघि विशेष अवस्था बाहेक महत्वपुर्ण निर्णयहरु मन्त्रीपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।