Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

मधेसी मोर्चालाई सँगै लिएर निर्वाचनमा जानुपर्ने नेतृ सुजाता

Thursday, March 9, 2017 National Power

२६ फागुन, भक्तपुर – मधेसी मोर्चालाई सँगै लिएर निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बताएकी छन् । मोर्चाको जायज मागलाई सम्बोधन नगरी निर्वाचनमा गए देशमा ठूलो दुर्घटना हुन सक्ने उनको चेतावनी छ ।

उनले सरकारको कमजोर सुरक्षा नीतिका कारण ४ जनाको मृत्यु हुने गरी सप्तरी घटना भएको दाबी गरिन् । भक्तपुरमा आयोजित साक्षातकारमा कोइरालाले मोर्चालाई मनाउन सरकारी प्रयास कमजोर भएको टिप्पणी गरिन् ।

राजनीतिक दलहरुकै कारण राष्ट्र कमजोर भएको भन्दै कोइरालाले मुलुकको आर्थिक विकासका लागि सबै दल एकजुट भएर अघि बढ्नपर्नेमा पनि जोड दिइन् । सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले देशको परराष्ट मामिला अत्यन्त कमजोर भएको पनि बताइन् । देशको विषम परिस्थितिमा पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गर्न नसक्नु दुःखद भएको भन्दै केन्द्रीय सदस्य कोइरालाले पार्टीभित्र छलफलको अभाव भएकोप्रति चिन्ता व्यक्त गरिन् ।