२३ कार्तिक , काभ्रेपलान्चोक / अरबिन्द्र गौतम – प्रवासी नेपालीहरुको एउटै चाहाना समृद्धि खुसी नेपालीहरुको परिकल्पना भन्ने मुलनारा लिएर प्रवासी नेपाली एकता मंच इजरायल” ले ऐतिहासिक भ्रमण २०७५ गर्दै छ ।
प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा ऐतिहासिक भ्रमण तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।सोमबारदेखि सुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो ।
महिला बिभागद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा इजरायलमा रहनुभएका इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न राजनैतिक संगठन, धार्मिक तथा सामाजिक संघ संस्था, बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी तथा बिद्यार्थीहरुलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ ।
इजरायलमा बसोबास गरिरहेका नेपालीहरुलाई एकताबद्ध बनाउँदै यस अवसरमा एक आपसमा भेटघाट गर्ने र भाइचारा सम्बन्धलाई बढावा दिन चियापान कार्यक्रम गरिएको प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलका सदस्य शिव राज खड्काले जानकारी दिए ।
कार्यक्रम नेबेसाना ४७ तेलभिब १० नोबेम्बर २०१८ शनिबार समय ६ बजे हुदै छ । कार्यक्रम प्रवासी नेपाली एकता मंच इजरायलको महिला बिभागले आयोजना कार्तिक २४ गते इजरायलको जेरुसलमा हुदै छ । इजरायलमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।