Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सभापति देउवाको कार्यकाल अन्तिम हुनसक्छः सुजाता

Wednesday, November 7, 2018 National Power

२१ कात्तिक, काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाएकी छन् । विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा सभापति देउवाले आफूहरुसँग सल्लाह नगरेको भन्दै उनले असन्तुष्टि पनि पोखेकी छन् । ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन । सल्लाह लिएको भए राम्रो हुनेथियो ।’

रिपोर्टर्स क्लबले गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग नेतृ कोइरालाले भनिन्, ‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ? मंगलबार केन्द्रीय समिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको थियो । पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको उल्लेख गर्दै नेतृ कोइरालाले सभापति देउवाले त्यस्तो भूमिका निर्वाह गर्न नसकेको समेत टिप्पणी गरेकी छन् । ‘सभापति ज्यू, कुनै एक गुटको जस्तो सभापति बन्नुभएन । अब सिँगो पार्टीको सभापति बन्नुपर्यो,’ उनले भनिन् ।

पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउन र अनुशासनमा चलाउन आवश्यक रहेको र त्यो सभापति देउवाले पूरा गर्न नसकेको उनको आरोप छ । सभापति देउवाको अहिलेको कार्यकाल अन्तिम पटक हुनसक्ने उनले बताइन् । यस्तो बेलामा पनि सबैलाई एकजुट बनाएर लैजान नसक्नु दुःखद भएको उल्लेख गरिन् ।