Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

१७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

Thursday, November 1, 2018 National Power

१५ कात्तिक, दाङ -जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् ।

विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार घटना भएको २१ दिनपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

उनले केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।