Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उपत्यकामा २४ वटा टिपरलाई दिउँसै चल्ने छुट

Friday, October 26, 2018 National Power

९ कात्तिक, काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी भित्रिने ट्रिपरहरुको वैकल्पिक मार्ग खोजी गरेका थिए ।

बिहीबार मात्रै ४ जिल्लाका सीडीओले ग्वार्खो-लाकुरीभञ्याङ- कुशादेवी(पनौती सडक खण्डको स्थलगत अवलोकन समेत गरेका थिए । तर, टोलीले लामाटार र लाकुरीभञ्ज्याङको सडकमा टिपर चलाउन नसकिने निष्कर्ष निकालेको छ । लगतै गृह मन्त्रालयमा टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको थियो । छलफलमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार शुक्रबारदेखि चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर सञ्चालन हुनेछन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको हो ।

‘राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस् भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गर्न लागेका छौं’ उनले भने । यो १० दिनको अवधीमा सडक लेन व्यवस्थित गर्ने र अरु टिपर पनि चलाउन दिने तयारी छ ।

टिपरका कारण दुर्घटना बढेपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यो बीचमा टिपर चलाउन रोक लगाइएको समय केही घन्टा कम पनि गरिएको थियो । तर, त्यही दिन टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि पुरानै समय कायम गरिएको थियो ।

अब भने टिपरलाई २४ घन्टै चल्न दिने तयारी छ । यसका लागि मोटरसाइकल र टिपरलाई फरक फरक ट्राक तोक्ने तयारी छ । मुख्य सडक बनेपा बजारबाट साँगासम्म सर्भिस ट्रयाकमा चलाउने, भक्तपुरको सुर्यविनायक(कोटेश्वर, ललितपुर सातदोबाटो, ग्वार्को क्षेत्रमा भने मुख्य सडकका सर्भिस ट्रयाकमा मोटसाइकल मात्र चलाउन दिने तयारी छ ।

मोटरसाइकल र टिपर फरक फरक सडकमा गुडेपछि दुर्घटनामा कमी आउने सरकारी अधिकारीहरुको दाबी छ । काभ्रेबाट मात्रै दैनिक १४ सयभन्दा बढी टिपर राजधानी भित्रन्छ ।