Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साँझ फर्किने गरी प्रचण्डको दिल्ली दौड किन ?

Friday, October 26, 2018 National Power

९ कात्तिक, काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल एक दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

शुक्रबार बिहान दाहाल दिल्ली प्रस्थान गरेका हुन् । उनी आजै साँझ ८ बजे स्वदेश फर्कने कार्यक्रम छ । नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘पाँचौँ इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा भाग लिन दाहाद दिल्ली पुगेका हुन् । मुख्य वक्ताको रूपमा उनी कार्यक्रममा सहभागी हुँदैछन् ।

उनलाई सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवले विशेष रुपमा निम्तो पठाएका हुन् ।  पार्टी एकतापछि ने क पाका अध्यक्षका हैसियतले दाहालको यो दोस्रो भारत भ्रमण हो । उनी यसअघि भदौको दोस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमण गरेका थिए ।