Saturday 18th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक

Sunday, October 14, 2018 National Power

काठमाण्डौ – गत शनिवार राजधानी एक कार्यक्रमका विच रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक गरिएको छ ।

कार्यक्रमका अतिथि प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी., वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, आख्यानकार नीलम कार्की ‘निहारिका’, वरिष्ठ रङ्गकर्मी विजय विष्फोट, संस्कृतिकर्मी एवं राजनीतिकर्मी मणि थापा, नाथमका कार्यकारी निर्देशक दुर्गाभक्त ढकाल, नाथमका विभागीय प्रमुख केशवप्रसाद थपलिया तथा कृतिकार राम के.ए.सी.ले कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रा.डा. व्रतराज आचार्यले यो कृति नेपाली नाट्य परम्परामा नौलो आयाम बोकेर आएको बताए । आख्यानकार नीलम कार्की ‘निहारिका’ले प्रस्तुत कृतिमा समावेश भएका नाटकहरूले समय सान्दर्भिक विषयलाई उठान गरेको र नाटक राम्रो रहेको टिप्पणी गरे । त्यस्तै विजय विष्फोटले प्रस्तुत कृति विभिन्न खालको प्रभावबाट मुक्त भएको बताए । यसै कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी. र वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले पनि पुस्तकमाथि समिक्षा गरेका थिए ।

‘अश्वेत’ नाटक सङ्ग्रहमा अवान्तर, अश्वेत र सम्बोधि गरी तीनवटा नाटक सङ्गृहित छन् । कुशल रङ्गकर्मीको रूपमा पहिचान बनाइसकेका के।ए।सी।को यो पहिलो कृति हो । सद्भावद्वारा प्रकाशित प्रस्तुत कृति २०४ पृष्ठ रहेको छ ।