Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सारिका घिमिरेको ‘दिल टुटेको कसरी भनु’ सार्वजनिक (भिडियो)

Monday, October 8, 2018 National Power

काठमाडौं – गायिका तथा नायिका सारिका घिमिरे दिल टुटेको कसरी भनु भन्दै आएकी छन् । उनको सार्वजनिक नयाँ गीतमा उनी यसो भन्दै आएकी हुन् । सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुटेयो कसरी भनु म‘। ’को गीतको भिडियो सार्वजनिक भएको हो ।

विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

गतवर्ष मोहनी एल्बम स्रोतारदर्शकमाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ अग्लाएकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् । अभिनयसँगसँगै गायनमा पनि व्यस्त रहेकी शारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउँन सक्छु ।’