Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

संचारकर्मी गीता अधिकारीलाई सङ्गीत पत्रकारिता पुरस्कार तथा सम्मान

Monday, October 8, 2018 National Power

काठमाण्डौ – संचारकर्मी गीता अधिकारीलाई ‘म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । विराटनगरमा सम्पन्न भएको म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करण सञ्चारकर्मी गीतालाई ‘म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको हो ।

मोरङ जिल्लाको केराबारीमा जन्मिएर गीतसङ्गीत, चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकी लोकप्रिय पत्रकार गीता अधिकारीलाई यस वर्षको ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान–२०७५’ प्रदान गरिएको हो । बुबा पदमप्रसाद अधिकारी र माता यमकुमारी अधिकारीका चार सन्तान मध्ये कान्छी गीता अधिकारी काठमाडौंलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेकी छन् । २०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आएकी छन् ।

नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सहसम्पादक र मिलाप म्याग्जिनका साथै मिलाप न्युज डट कमकी कार्यकारी सम्पादक रहेकी छन् । उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।

रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् । चलचित्र पत्रकार संघमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता पत्रकारको नेताकारुपमा पनि परिचिति छिन् ।

हेल्प फर ह्युमन सम्मान, नागरिक सेवा सम्मान, नेपाल सांस्कृतिक कला मन्दिर सम्मान, नेपाल चलचित्र युवा सम्मान, छायाँ छबी नारी पत्रकारिता पुरस्कार, सुन्दरादेवी सन्देश पत्रकारिता पुरस्कार, सुन्दरादेवी सन्देश अवार्ड सम्मान, विन्धयवासिनी म्युजिक पत्रकारिता सम्मान, ओएस नेपाल डटकम सम्मान, नेशनल क्यापिटल अवार्ड सङ्गीत पत्रकारिता सम्मानलगायत अन्य एक दर्जन विभिन्न संघ सस्थाबाट सम्मानित तथा पुरस्कृत गीता अधिकारी राजधानीमा हुने विभिन्न सौन्दर्य प्रतियोगितामा निर्णयकको भुमिकामा पनि त्यतिकै देखिने गर्छिन । गीत लेखनमा समेत आफूलाई प्रस्तुत गर्दै आएकी गीताले हालै दुबईमा सम्पन्न भएको मोडल सङ्गस अवार्डमा तीज गीत ‘यतै घमाइलो उतै घमाइलो’बाट उत्कृष्ट तीज गीत रचनामा अवार्ड समेत चुम्न सफल भएकी छन् ।

जुनबेला महिला पत्रकारहरुको न्यून सङ्ख्या रहेको बेलामा उनी पत्रकारिता जगतमा प्रवेश गरेकी थिइन् । नारीलाई असक्षम पात्रका रुपमा उभ्याउने समाजमा उनले गरेको सङ्घर्षले एउटा उदाहरण बनाएको छ । विराटनगरमा ‘म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार तथा सम्मान’बाट पुरस्कृत र सम्मानित भएपछि उनले आयोकजप्रति हार्दिक आभार व्यक्त गर्दै ‘मेरो आफ्नो गृहजिल्ला मोरङमा मलाई प्रदान गरिएको यो पुरस्कार तथा सम्मान प्राप्त पछि थप जिम्मेवार वोध गर्दै आफ्नो लेखन यात्राका विभिन्न उतार चढाब सम्झिरहेछु यतिखेर’, भनिन् ।