Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक सार्वजनिक

Sunday, October 7, 2018 National Power

काठमाडौंर – नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

रेस्पोन्सिभ मिडिया प्रा.लिको आयोजनामा हुर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डको फाइनल मंसिर ३ गते राष्ट्रिय नाचघर जमलमा हुने छ । उत्कृष्ट पाँचसहित भोटिङ कोड पनि खुल्ला गरिएको कार्यक्रम निर्देशक रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अवार्डमा ७० प्रतिशत भोट र बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ ।

उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरुलाई असोज २४ गते कार्यक्रमका विच प्रमाणपत्र र मेडल प्रदान गर्ने कार्यक्रम संयोजक राज लुईटेल जानकारी दिए । सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।