Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बिबेक रितुलाई भने ‘हुन्थ्यो मर्न पाए’ (भिडियो सहित)

Sunday, September 30, 2018 National Power

काठमाण्डौ – बिलन ईन्टरटेन्मेन्टको प्रस्तुतीमा कुमार गुरुङ्ग को ‘हुन्थ्यो मर्न पाए’ भन्ने लोक दोहोरी गीत बजारमा आएको छ । जुन गीत लाई बिलन ईन्टरटेन्मेन्टले बिलन म्यूजिक मार्फत बजार ल्याएको छ।

युवा निर्देशक (गायक / एरेन्जर) बिलन थापा मगर ले निर्देशन गरेको उक्त गीतलाई करण चैसिरले खिचेका हुन् भने शंकर चैसिरको सम्पादन रहको छ ।

सार्वजानिक गरिएको भिडियोमा पुष्कर बिबेक थापा र रितु तमाङ्गले अभिनय गरेका छन् भने लय, एरेन्ज बिलन थापा को मगरको रहेको छ । गीतको शब्द गायक कुमार गुरुङ को रहेको छ उक्त गीतमा चर्चित गायिका शान्तीश्री परियार र कुमार गुरुङ्ग ले स्वर दिएका छन् ।

मार्मिक रेकर्डिङ्ग स्टुडियो मा रेकर्ड भएको उक्त गीतको मिक्सिङ्ग मान बहादुर बरालले गरेका हुने भने गोबिन्द पराजुली यस गीतका रेर्कडिष्ट हुन् ।

https://www.youtube.com/watch?v=s4sFQ6kEfNs&feature=youtu.be