Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रौतहटमा दुई समूहबीच झडप, २३ राउण्ड हवाई फायर

Wednesday, September 26, 2018 National Power

१० असोज, रौतहट – रौतहटको गरुडा नगरपालिकामा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् । गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयलाई लिएर दुई समूहबीच झडप भएपछि प्रहरीले २३ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास हानेको थियो । झण्डै दुई घण्टासम्म भएको झडपमा दुवैतर्फका गरी १२ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीतर्फ पाँच जना भन्दा बढी व्यक्ति घाइते भएका छन ।

झडपमा घाइते भएका छविलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनिल सहनी, शम्भु सहनीलगायतको गरुडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैगरी प्रहरीतर्फ हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साहसहित पाँच जना घाइते भएका छन् । उनीहरुको टाउको र जिउमा चोट लागेको तथा उपचार गरुडामा भइरहेको प्रहरीले जनाएको छ ।

गाउँछेउमा रहेको चाँदी खोलामा पहिला देखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भने पछि झडप भएको थियो । प्रहरी हस्तक्षेप पछि अहिले अवस्था सामान्य भएको तथा सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताए । घटना गराउनमा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको समेत उनले जानकारी दिए ।