Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

Thursday, September 20, 2018 National Power

४ असोज, काठमाडौं – सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल(भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।