Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रहरीको गोली लागेर ४ जनाकाे मृत्यु

Monday, March 6, 2017 National Power

२३ फागुन, राजविराज – राजविराजको औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेसी मोर्चाका तीन नेता घाइते भएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ता प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । लाठी लागेर मधेसी मोर्चाका जिल्लास्तरी नेता भीम राज यादव र सतिश सिंहसहित तीन जना घाइते भएका छन् । घाइतेहरुलाई एम्बुलेन्समार्फत् अञ्चल अस्पताल लगिएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहता र दिगम्बर यादवकाे मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ-ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।

अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।