Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

राजनीतिज्ञहरुलाई नीतिगत बाटोमा डोर्‍याउन सचिवहरुलाई निर्देशन

Monday, March 6, 2017 National Power

२३ फागुन, काठमाडौं – राजनीतिज्ञहरुलाई नीतिगत बाटोमा डोर्‍याउन सचिवहरुलाई निर्देशन अर्थमन्त्री कृष्णबहादुर महराले दिएका छन् । बजेट सम्बन्धी समिक्षा गोष्ठीमा सोमबार मन्त्री महराले विद्यमान नीति नियमका आधारमा विना प्रभाव काम गर्न निर्दशन दिए ।
बजेट तर्जुमाका समयमा मन्त्रालयका सचिवहरु, मन्त्री तथा राजनीतिक दलको प्रभावमा पर्ने गरेको तर्फ इंगित गर्दे उनले डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काम नगर्न पनि सचिवहरुलाई सचेत गराए र मनोगत नभई बस्तुगत रुपमा बजेट विनियोजन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । मन्त्री र राजनीतिक दलको प्रभावमा आवश्यकता र उपलब्धिमुलक भन्दा अन्यत्र क्षेत्रमा बजेट विनियोजन गरिएको भन्दै हरेक बर्ष बजेटको आलोचना हुने गर्दछ ।