Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सबैको परिचय खुल्यो

Saturday, September 8, 2018 National Power

२३ भदौ, काठमाडौं – गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर त्प् ठज्ञघटज्ञद्दण्टड हो ।

उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन । अल्टिच्युड एयरका सिताराम सापकोटाले अनलाइनखबरसँग भने, ‘हामी घटनास्थल पुगिसकेका छैनौं । कसको अवस्था कस्तो छ अझै भन्न सकिने अवस्था छैन ।’