Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

धरौटीमा छाडेलगत्तै पुनः पक्राउ परे प्रकाण्ड

Wednesday, September 5, 2018 National Power

अरबिन्द्र गौतम
काठमाडौं ,भदौं २०– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ९प्रकाण्ड० पुन पक्राउ परेका छन् । भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका प्रकाण्डलाई प्रहरीले अदालत परिसर बाहिरबाट पुनः पक्राउ गरेको हो । प्रकाण्डविरुद्ध भोजपुर जिल्ला अदालतमा ३ वटा मुद्दा चलिरहेका थिए । बम बिस्फोट, ज्यान मार्ने उद्योग तथा आगजनीको मुद्दामा बुधवार थुनछेक बहस भएपछि अदालतले धरौटी माग गरेको थियो ।

बम बिष्फोट, ज्यान मार्ने उद्योग मुद्दामा २५ हजार रुपैयाँ र आगजनीमा १० हजार रुपैयाँ धरौटी माग भएको थियो । अदालतमै धरौटी ग्यारेन्टी भएपछि रिहा भएका प्रकाण्ड अदालतबाट बाहिरिने क्रममा पुनः पक्राउ परेका हुन् । प्रहरीले उनीविरुद्ध दाङमा अर्को मुद्दा रहेको भन्दै पुनः पक्राउ गरेको हो ।