Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अब बहुविवाह गर्दा पनि जागिर नजाने

Monday, September 3, 2018 National Power

काठमाडौं भदौ ,१८
सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि । मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । यो खबर आजको अन्नपुर्णपोष्टबाट लिएका हौं ।

मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।

मन्त्रिपरिषदमा पठाइएको विधेयकमा बहुबिबाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ । बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलाई खुलेआमा बहुविवाहको स्वीकृति दिन खोजिएको हो रु