Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल स्नेही काखको सहयोगार्थ श्रीनेहाको तीज गीत 

Tuesday, August 28, 2018 National Power

ललितपुर- नेपाल स्नेही काखको सहयोगार्थ श्री नेहा पोखरेलको ‘तीज आयो लै लै‘’ गीत सार्वजनिक भएको छ । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा गीतलाई सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, नेपाल स्नेही काखकी श्रीनेहा पोखरेल, निर्देशक विरेन्द्र भाट ‘विपिन’ले गीतलाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा यो एल्बमबाट सङ्कलन भएको रकम संस्थामा जम्मा हुने श्रीनेहा पोखरेलले बताईन । यो पुनित कार्यका लागि सबैको साथ सहयोग मिल्ने अतिथिहरुले बताए । नेहा पोखरेलको शब्द रहेको गीतमा भुमिका पौडेलको स्वर रहेको छ । किरण चापागाईंको सङ्गीत रहेको गीतलाई विलन थापा मगरले सङ्गीत संयोजन गरेका छन् ।

केशवप्रसाद रिजालको निर्देशन रहेको गीतको भिडियोमा श्री नेहा पोखरेल, अमृता खनाल, इष्टु कार्की, रमिला पोखरेललगायतका कलाकारलाई फिचरिङ गरिएको छ । विरेन्द्र भाट ‘विपिन’को छायाँकनरसम्पादन रहेको भिडियोमा आर आर सिमखडाले कोरियोग्राफ गरेका हुन् । नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालन मा आएको नेपाल स्नेही काखमा अहिले २१ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको जसको स्यार सुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।