Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

खुलामञ्चमा टिकट काटेर बस चढ्न बालाजु पुग्नपर्ने

Tuesday, August 28, 2018 National Power

अरबिन्द्र गौतमर काठमाडौ
भदौ,१२ काठमाडौं । खुलामञ्चस्थित बसपार्कको गेटमा काठमाडौं महानगरपालिकाको सूचना छ बिमिस्केट सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेछ ।’

काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा जाने गाडी बसपार्कबाट छुट्थ्यो । बिमिस्टेकका नाममा ५ दिनका लागि खुलामञ्चको बसपार्क बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पुरानो बसपार्कबाट छुट्ने बसहरु बालाजुस्थित नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ ।

अरनिको तथा बिपी राजमार्ग भएर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुंगा लगायतका ज्लिलमा जाने यात्रुले ५ दिन सास्ती भोग्नुपर्ने भएको छ ।

बिमस्टेक शिखर सम्मेलनका पाहुनाको आवागमनलाई सहज गर्न सर्वसाधाराणको पहुँचको बसपार्क बन्द गरिएको हो ।

तर, टिकट काट्न भने खुलामञ्च नै पुग्नुपर्छ । खुलामञ्चमा रहेका काउन्टरमा टिकट काटेर बस चढ्न भने नयाँ बसपार्क पुग्नु पर्ने अव्यवहारिक नियम बनाइएको छ ।

उपत्यकाभित्रका सवारी साधनलाई भने पार्किङ नगरी गाडी घुमाउन र यात्रु झार्न भनिएको छ ।