Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बार्सिलोनाको जित

Thursday, March 2, 2017 National Power

१९ फागुन काठमाण्डौं— हिजो राति घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा गिजोनलाई बार्सिलोनाले ६ गोलले जित हात पारी स्पेनिस ला लिगा फुटबलको र्शीष स्थानमा पुगेको छ । उक्त खेलमा बार्सिलोनाले ९ मिनेटमा नै पहिलो गोल लिओनल मेस्सीले प्रारम्भ गरेको दुई मिनेट पछि लुईस स्वरेजले गोल गरेका थिए । खेलको पहिलो चरणको २१ मिनेटमा गिजोनका कास्ट्रोले गोल गरेर टोलीलाई अगाडि बढाउनमा उत्प्रेरित गरेका थिए । २७ औ मिनेटमा स्वरेजले फेरि एक गोल थपे पछि खेलको हाफमा नै बार्सिलोना ३—१ गोलले अगाडि भएको हो । दोस्रो खेलमा पाको अलासर, नेयमार, राकिटिकले एक एक गोल गरि गिजोन लाई ६—१ ले हराएका थिए । बार्सिलोनाले गिजोनलाई हराउदै ला लिगाको र्शीष स्थानमा पुगेको छ । भने यो लगाएतका खेलबाट ५७ अंक ल्याएको छ । रियल मड्रिड ५६ अंकले दोस्रो स्थानमा छ तर उसले एक खेल कम खेलेको छ ।