Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ईन्दिरा र अनिताको “दिदी बहिनी” तीज गित वजारमा (भिडियो सहित)

Tuesday, August 7, 2018 National Power

काठमाण्डौ  – गायिका इन्दिरा रजक र अनिता कुवरको आवाजमा ‘दिदी बहिनी’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बावुल गिरीको शब्द र सङ्गीत रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा भने सुस्मिता ढकाल र अनिता केसीलाई फिचरिङ गरिएको छ भने गीतको भिडियोमा दिदी बहिनी माईतिमा गएर दर खाने अनि पुराना साथीसङ्गी अनि बाबा आमासङ्ग नाच्ने रमाउने भाव प्रष्टाउन खोजएकोछ । तडक भडक शैलिको तीज गीतहरु वजारमा आईरहेको अवस्थामा यो तीज गीतले भने आफ्नो मौलिकतालाई कायमै राखेको पाईन्छ ।

बिक्रम चौहानको कोरियोग्राफी रहेको उक्तगीतको भिडियोमा मिलन मगरको सम्पादन छ । बिझाउदो रैछ आखैमा पनि बोलको चर्चित गीत बाट एकाएक चर्चामा आएकी इन्दिराको यो तीजको चौथो गीत हो ।