Thursday 30th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

संचारकर्मी गीताको यतै घमाईलो’ तीज गीत सार्वजनिक

Tuesday, August 7, 2018 National Power

काठमाडौँ – संचारकर्मी गीता अधिकारीको शब्द तथा गायीका सारीका घिमिरेको आवाजमा तीज गीत ‘यतै घमाईलो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संचारकर्मी गीताले ३ वरिष्ट अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेबी र गायीका तथा अभिनेत्री सारीका घिमिरेलाई छम-छमी नचाएकी छिन ।

गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन तथा सम्पादन रहेको छ ।

वल्र्ड कभर मिडिया प्रा।लि।को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।