Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शिव पुराण महायज्ञ तथा अखण्ड हवन कायक्रमको समापन

Monday, August 6, 2018 National Power

काठमाण्डौ – धर्मो रक्षति रक्षितः भन्ने मुल नाराका साथ श्री संकट मोचन हनुमान मन्दिर निर्माण सेवा समितिद्धारा आयाजित तथा बैद्धिक सनातन धर्म प्रचारप्रसार समितिद्धारा संकट मोचन धामको निर्माणको लागी राजधानीको वल्खुमा विगत एक साता देखि संचालित शिव पुराण महायज्ञ तथा अखण्ड हवन कायक्रमको समापन आज एक कार्यक्रमका विच पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले गर्नु भयो ।

शिव पुराण महायज्ञ तथा अखण्ड हवन कायक्रममा संकलित रकमले संकटमोचन धामको निर्माण गरिने समितिका अध्यक्ष संन्त श्री स्वामी सेवकले जानकारी गराउनु भएका थियो ।


प्रमुख कथा वाचक डिल्लिराम गौतम भक्तजनको उल्लासमय सहभागिता भएकाले आफु खुशी भएको हामीलाई वताउनु भएको थियो, उहाँका अनुसार जुन उदेश्यका साथ शिव पुराण महायज्ञ तथा अखण्ड हवन कायक्रम संचालन भएको थियो त्यस उदेश्य प्राप्तिका यो कार्यक्रम सहायक सिद्ध भएको छ ।

शाही यूवा संघका अध्यक्ष पशुपति खड्का लगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको उक्त कार्यक्रममा चलचित्र निर्देशक माधव खरेल , संचारकर्मी राजन थापा , लगायतका समाजमा ख्याति कमाएका र माहायज्ञलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रमलाई संस्थाका सचीव कलाकार समिर लामाले संचालन गर्नु भएको थियो ।