Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

४ मीनेट ४० सेकेन्ड सगरमाथामा टपलेश भएका जाङवु (भिडियो अन्तवार्ता सहित)

Monday, July 30, 2018 National Power

काठमाण्डौ – जाङ्वो शेर्पा निक्कै फुर्तिला देखिन्छन् । उनको जोश पनि उत्तिकै ताजा छ , १५ पटक भयो हिमाल चडेको अझै पनि धित मरेको छैन उनि भन्छन् ज्यानले साथ दिए सम्म चड्छु आखिर नेपालीहरुको शानमान राख्न पनि हिमाल आरोहिहरुले उल्लेखनिय भूमिका खेलेका छन् नेपालीहरको शिरलाई विशेषत आरोहिहरुले कहिल्यै झुक्न दिएका छैनन् , आफु मरेर पनि आगन्तुक पर्यटकहरुलाई स्वर्गिय आनन्द दिलाउनमा मग्न देखिन्छन् ।


जाङ्वु शेर्पा कलिलै उमेरमा सगरमाथा चडेका हुन् । सन् २००३ देखि २०१८ सम्म आईपुग्दा उनले १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् भने सन् २००६ मा उनले सगरमाथाको चुचुरोमा ४ मीनेट ४० सेकेन्ड टपलेस अर्थात नाङ्गै रहेर आफुले किर्तिमानी समेत राखेका छन् , तिनताका जाङ्वुको उक्त विषयलाई लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुमा राम्रै चर्चा परिचर्चा गरेका थिए ।

प्रस्तुत छ नेशनल पावर न्यूजका लागी माधव राज खरेलले कुराकानी आधारित सम्पादित अंश