Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भवन हस्तान्तरण

Monday, February 27, 2017 National Power

१६ फागुन, भीमदत्तनगर-रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

एक समारोहका बीच सशस्त्र प्रहरी सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले भवनको उद्घाटन गर्नुभयो ।

रु सात लाख ७३ हजारको लगानीमा निर्माण गरी रोटरी क्बलले वृद्धाश्रमलाई भवन आइतबार हस्तान्तरण गरेको रोटरी क्बल अफ कञ्चनपुरका सदस्य करनसिंह पालले बताउनुभयो ।