Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बनेपामा नै रोकिन्छ ट्रिपर, अवदेखी राति ८ बजे देखि विहान ५ वजेसम्म मात्रै चल्ने

Saturday, July 21, 2018 National Power

काभ्रे  – उपत्यकाका ३ तीन जिल्लामा भित्रने ट्रिपरलाई ट्राफिक प्रहरीले बनेपामा नै रोक्ने गरेको छ । निर्माण सामग्री बोकेर सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकबाट राजधानी भित्रने ट्रिपरलाई बनेपामा नै रोक्ने गरिएको ट्राफिक प्रमुखले  वताएका छन् ।

साउन १ गतेदेखि राति ८ बजे देखि विहान ५ वजेसम्ममात्रै चल्न दिने उपत्यका प्रशासनको निर्णय पछि जिल्लाको पनौती, पाँचखाल हिवापाटी, खोपासी भकुण्डे लगायतका स्थानमा ट्रिपर रोकिने गरेका छन्, जसले गर्दा रातको समय राजधानी भित्रने ट्रिपरको चाप अत्यधिक हुने गरेको छ ।

राजमार्ग आसपासका स्थानीयहरुले भने राति ट्रिपरका कारण सुत्न नै नपाइने, प्रेसर हर्नले होहल्ला बढी भएको गुनासो गरेका छन् ।रातको समयमा मात्र धेरै ट्रिपर हुँदा व्यवस्थापनमा केही कठिनाई भएको प्रहरी सहायक निरीक्षक भीमसेनविक्रम थापाले बताए ।

काभ्रेमा ट्रिपरले दैनिक दुर्घटना बढाएपछि प्रहरीले टाइम कार्डको व्यवस्था समेत गरेको थियो ।टाइम कार्ड लागु गरेपछि दुर्घटना समेत न्यूनीकरण हुदै आएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

 

_ अरबिन्द्र गौतम