Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दामोदरको दमदार प्रस्तुती रहेको तीजगीत डाडैमा घर छ वजारमा

Saturday, July 21, 2018 National Power

काठमाण्डौ –  भर्खरै नेपाली कलाकारीता क्षेत्रमा उदाएका कलाकार एवम् मोडल दामोदर सापकोटाको डाडैमा घर छ बोलको नयाँ तीज गीत बजारमा आएको छ ।

आउदै गरेको तीजलाई मध्यनजर गर्दै खुमन अधिकारीको स्वरमा रहेको सुमधुर गीतको म्युजिक भिडियोलाई भर्खरै बजारमा सार्वजनिक गरिएको बताएका छन् । नेशनल पावर न्युजको पावर टकमा बोल्दै सापकोटाले कलाकारीता क्षेत्रमा प्रबेश गरेको थोरै समय रहेको र अझै आफु तयारी गर्देै गरेको बताएका छन् ।

उनी भन्छन् काम गर्दै जादा दर्शकहरुले मन पराउनुभयो भने व्यवसाय बन्ला मन पराउनुभएन भने मनोरञ्जन त हुन्छ , यो क्षेत्रमा आउन केहि ढिलो गरे सायद १० वर्ष अगाडी नै प्रवेश गरेको भए केहि राम्रो स्थानमा पुगी सक्थे होला भन्दै मन खिन्न बनाउछन् । चलचित्रको विषयमा के विचार छ र कस्तो रोलमा अभिनय गर्ने ईच्छा छ भन्ने प्रश्नमा दामोदर भन्छन् “कलाकारीतामा आफु निकै ईच्छुक भएकोले केहि छाप दिने पात्र छ र कथा राम्रो लाग्यो र भने भिखारीकै रोल गर्न पनि तयार रहेको बताउछन् ।”

दामोदर सापकोटा संगको अन्तवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला ।

गीत हेर्न याहाँ क्लिक गर्नुहोला : https://www.youtube.com/watch?v=Q9rH9r6E6NI