Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कञ्चनपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

Friday, July 20, 2018 National Power

४ साउन, कञ्चनपुर – आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन् । बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते भएकी हुन् ।

घाइते कुँवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि साँझ अबेर थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । महेन्द्रनगरदेखि झोलुंगे पुलसम्म जाने ई(रिक्सामा नगरपालिकाले लगाएको शुल्कको विरोधमा अटोरिक्सा चालक र नेपाल विद्यार्थी संघले चक्काजाम गर्न खोजेको प्रहरीको भनाइ रहेको छ ।