Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण

Sunday, June 10, 2018 National Power

२७ जेठ गुल्मी – गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई व्यवसायिक ऋण उपलब्ध गराइएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले जिल्लाका ३ वटा युवा समूहलाई प्रतिसमूह ५ लाखका दरले ऋण दिइएको हो । ऋण पाउने समूहहरुमा छत्रको गाउँपालिका.१ को इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह, मसिकोट नगरपालिका.७ को सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समूह र कालीगण्डकी गाउँपालिका.६ को उर्लेनी बहुउद्देश्यीय युवा कृषक समूह रहेका छन् ।

कार्यक्रममा समूहका अध्यक्षलाई जिल्ला युवा समिति गुल्मीका अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले चेक र व्यानर दिएर हस्तातरण गरेका थिए । बिना धितो रकम हस्तातरण गर्दै समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सरकारको पैसा भनेर केही नगरी अनेत्र खर्च गर्न नहुने बताए । युवाले केही गर्नुपर्छ भनेर सरकारले त्यसको लागि व्यवसायीक ऋण दिएकाले सही सदुपयोग गरेर अगाडि बढ्नु आग्रह गरे ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत चक्रपाणी पन्थी, नागरिक समाज अध्यक्ष पदम पाण्डे, मैत्री सहकारी संस्था गणेश बिश्वकर्माले राज्यबाट आएको पैसा मिनाहा हुन्छ भन्ने सोच मनमा भए त्यागेर केही गर्ने उदेश्यले रकम लैजान आग्रह गरे ।

सरकारले बिनाधितो दिएको ऋण तोकिएको समयमा कुनैपनि हालतमा फिर्ता गर्नु पर्ने भएकाले उदेश्य अनुरुप काम गरेर फाइदा लिन आग्रह गरेका थिए । व्यावसायीक ऋण लैजाने समूहहरुले व्यावसायिक गाई पालन गर्ने, कुखुरा बंगुर पालन गर्ने र कुखुरा र तरकारी पालन गर्ने उदेश्यले युवा समुहले ऋण लगेको जिल्ला युवा समिति गुल्मीका कार्यालयका प्रमुख लोकनाथ मरासिनीले बताए ।

योसँगै सरकारले घोषणा गरेको शैक्षिक प्रमाणपत्रको धितोमा राखेर युवाहरुलाई ऋण दिने कार्यक्रम गुल्मीमा कार्यान्वयन चरणमा आएको छ । युवालाई केही गर्ने उदेश्यले ५ वर्षसम्म बिना जमानत ऋण दिइएको कार्यालयकी कम्प्युटर अपरेटर सञ्जीवनी अर्यालले जानकारी दिइन् । युवाहरुको लागि प्रस्ताव आब्हान गरिएको थियो ।

जस अन्तरगत प्राप्त व्यवसायीक प्रस्तावहरु मध्येवाट पाँच वटा छनौटमा परेको जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताए । यो कार्यक्रमले युवाहरुको सीप, क्षमता, नेतृत्व एवं उद्यमशिलता विकासको उदेश्य बोकेको कार्यालय जनाएको छ । जिल्ला युवा समितिको गुल्मी १५ जना युवाहरुको लागि एक महिनासम्म जीप कार ड्राभिभ तालिम समेत सुरु गरेको छ ।