Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Sunday, June 3, 2018 National Power

२० जेठ, काठमाडौं – उपत्यका विभिन्न स्थान र समयमा हराएका १५ वटा मोटरसाइकल र स्कुटर खोजेर ट्राफिक प्रहरीले आज धनिलाई हस्तान्तरण गरेको छ । आज विहान पौने १० बजे महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले धनिलाई मोटरसाइकल र स्कुटर हस्तान्तर गर्नु भएको हो । काठमाडौको कोटेश्वर, तिनकुने, चावहिल, बुद्धनगर, ललितपुरको धापाखेल, चापागाउँ तथा मानभवन र भक्तपुरको गोठाटारबाट हराएका २० वटा २ पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजीको क्रममा विभिन्न मितीमा फेला पारेको हो । ती मध्ये ३ जना धनिसँग सम्पर्क नभएको र २ जना भने लिन नआएको महाशाखाले जनाएको छ ।२ पाङग्रे सवारी साधन चोरीमा संलग्न काठमाडौँको शंकारापुर ३ बस्ने २७ वर्षीय सेते तामाङलाई लब्सीफेदीबाट र नार्गाजुन नगरपालिका बस्ने ४० वर्षीय लाक्पा छिरिङ लामालाई नयाँबजारबाट नियन्त्रण लिएर आवश्यक कारवाहीका लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको छ ।

काठमाडौँ, नुवाकोट र खोटाङका छुट्टा छुट्टै स्थानमा आज ३ जना मृत फेला परेका छन् काठमाडौँको कोटेश्वर स्थित आकाशे पुल नजिकै आज विहान साढे ७ बजे अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएका छन् । नुवाकोटको विदुर नगरपालिका ६ बागे स्थित त्रिशुली नदीको बगरमा पनि अन्दाजी ४० वर्षीय पुरुष आज विहान ८ बजे मृत भेटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

खोटाङ्गको दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालीका २ अल्छे ढुंगामा आज बिहान १ व्यक्ति मृत्त फेला परेका छन् । मझुवागढी नगरपालीका ३ का बेग बहादुर सार्की आज बिहान सवा ६ बजे मृत्त फेला परेका हुन् । शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ ।

ललितपुरको नख्खु खोला नजिकै हिजो बेलुकी चौपायाले हानेर एक महिलाको मृत्यु भएको छ । सडकमा रहेको छाडा साढे गोरुले स्थानिय ६८ बर्षीया कृतमाया राईलाई हानेको थियो । हिजो बेलुकी ७ बजे, गोरुले हानेर गम्भिर घाइते भएकी राईको पाटन अस्पतालमा हिजो बेलुकी नै मृत्यु भएको हो ।

धभद कष्तभ उजयतयज्ञज्ञ