Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अवैध क्रसर र खानीको गुण्डाराजमाथि एसपीको कडा हमला

Wednesday, May 30, 2018 National Power

१६ जेठ, बनेपा – अरबिन्द्र गौतम / काभ्रे – दर्ताबिना सञ्चालन भएको जिल्लाका बिभिन्न ठाँउमा संञ्चालित क्रसर र खानी उद्योग माथि प्रहरीले निगरानी बढाएको छ । गत साता मात्र सरुवा भएर गएका एसपी रवि खड्काले यस्ता क्रसर र खानीको रेकर्ड खोज्दै धावा बोल्न थालेपछि काभ्रेमा अवैध क्रसर र खानी संञ्चालन गर्नेको भागदैड मच्चिएको छ ।
स्रोतका अनुसार जिल्लाका आधा दर्जन क्रसर र खानी मापदण्ड भित्र परेपनी अन्य दुई दर्जन भन्दा बढी अवैध रुपमा प्रशासनलाई आर्थीक लाभ दिएकै भरमा सञ्चालनमा छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । जिल्लामा अधिकांश क्रसर उद्योग विगत दश बर्षदेखि मामदण्ड विपरीत चल्दै आएका छन् । तर जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख एसपी खड्काको सरुवासँगै काभ्रे प्रहरीले अवैध क्रसर र खानीमा धावा बोल्न थालेको छ । एसपी खड्काले गत साता अबैध उत्खनन्मा प्रयोग भएको स्काईभेटरलाई नियन्त्रणमा लिएपछि काभ्रेमा हलचल मच्चिएको छ ।


स्रोतका अनुसार काभ्रे प्रहरीले जिल्ला भरका क्रसर र खानीमा अनुगमनको तयारी गरेको छ । अनुगमन पछि काभ्रे प्रहरीले अबैध रुपमा सञ्चालन भएका ढुंगा खानी र क्रसर बन्द गर्ने तयारीमा रहेको जिल्ला प्रहरीका एक अधिकृतले बताए । जिल्लाको मंगलटार र पनौती क्षेत्रमा अधिकांश मापदण्ड विपरितका क्रसर उद्योग र ढुंगाखानी सञ्चालनमा छन् । चार बर्ष अगाडी तत्कालिन एसपी अरुण बिसीले बन्द गराएका अबैध खानी र क्रसर बिसिको सरुवा पछि एसपी पुजा सिंहले रकम लिएरसञ्चाल गर्न दिएको आरोप लाग्ने गरेको छ ।

स्रोतका अनुसार जिल्लामा क्रसर माफियाको नामले चिनिने राजभक्त श्रेष्ठले एसपी सिंहलाई खुशी पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेकसमेत बनाई दिएका थिए । एसपी सिंहलाई प्रत्येक क्रसर ढुंगा खानीबाट मासिक रकमको कुरा मिलेपछि एसपी बिसिले बन्द गराएका अबैध क्रसर र ढुंगा खानी सुचारु भएका थियो । श्रेष्ठको मापदण्ड विपरितका एक दर्जन क्रसर उद्योग संचालनमा छन् । उता काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानमा गुण्डागर्दीको सूची तयार पारेर स्वप अप्रेशनको तयारी गरेको छ । काभ्रेमा गुण्डागर्दीमा संलग्न हुने तथा काठमाडौंमा गुण्डागर्दी गरी काभ्रेलाई सेल्टर बनाउनेको सूची तयार गरेर काभ्रेका एसपी खड्काले स्वप अप्रेशन चलाउने तयारी गरेका छन् ।