Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चेन्नाईले जित्यो आईपीएलको उपाधि

Monday, May 28, 2018 National Power

१४ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गर्‍यो ।

आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए । एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए ।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक(एक विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए । शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुले । बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक(एक विकेट लिए ।