Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ओरिजिन क्रिकेटको अवार्ड नाइट सम्पन्न

Sunday, May 27, 2018 National Power

सिड्नी – दक्षिण यसियाली क्रिकेट खेलाडीहरुबीच लोकप्रिय अस्ट्रेलियाको ओरिजिन क्रिकेट क्लबले आफ्नो वार्षिक ओरिजिन क्रिकेट टुर्नामेन्ट समापनका अवसरमा सहभागी तथा बिजेताहरुलाई सम्मान गरेको छ । ओरिजिन क्रिकेट नाइट नामाकरण गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पाकिस्तानका पूर्व क्रिकेट खेलाडी वाकार युनुस थिए ।कार्यक्रममा एक सय बीस खेलाडी तथा केही पाउनाहरु सहभागी थिए । ओरिजिन क्रिकेट यहाँको न्यू साउथ वेल्स क्रिकेट र मोजैक क्रिकेटको एक अंग हो र यसमा दक्षिन् यसियाली उपमदीपका खेलाडीहरु अनुबन्धित छन् ।सहभागी १६ वोटा टिममा नेशन एघार र स्टार एघार ले फाइनल खेल ब्यंक्सटाउन अन्तर्रास्ट्रिय रंगशालामा खेलेका थिए ।

स्टार एघारले नेशन एघारमाथि जित हाशिल गरेको थियो । पहिले ब्याटिंग गरेको नेशन एघारले बीस ओबर मा १३९/५ स्कोर हाशिल ग¥यो ।स्टार एघारले १९.४ ओबरमा १४१/६ स्कोर हासिल गरेर आफ्नो टार्गेट पुरा ग¥यो । म्यान अफ द म्याच फैसल नसीम घोसित भए ।समापन समारोहको आयोजना हरिश भेल्जीले गरेका थिए भने संचालक ऐशा अहम्जाद थिइन् । पहिलो सत्रमा अम्पाएरहरुलाई क्यानटेबरी काउन्सिलका काउन्सिलर मोहमद हुँदाले सम्मानित गरेका थिए । प्रमुख अतिथि पाकिस्तानी बरिस्ठ खेलाडी वाकर युनुसले क्रिकेट ले समुदायलार्इ जोड्ने बताए ।