Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सलमान खानको आज हुने भनिएको नेपाल टुर स्थगित

Saturday, May 26, 2018 National Power

१२ जेठ , काठमाण्डौ –  भारतीय कलाकार सलमान खानको आज हुने भनिएको नेपाल टुर स्थगित भएको छ । खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा गर्ने भनिएको द ब्याङ्ग टुर कन्सर्ट हुनु एक दिन अगाडि अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम विप्लव समूहको चेतावनीका कारण स्थगित भएको थियो । त्यसपछि कन्सर्ट २६ मे अर्थात् आज शनिबारका लागि हुने कन्फर्म भएको सूचना ओडिसी इन्टरटेनमेन्टले गरेको थियो ।

तर २६ मेको दिन नजिकिँदासमेत कुनै तयारी गरिएको थिएन र एक दिन अगाडि कार्यक्रम नहुने जानकारी गराईको हो ।

सन् १९९८ मा फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा गोली प्रहार गरी कृष्णसारको हत्या गरेको अभियोगमा सलमान खान दोषी ठहर भएका थिए । अदालतबाट दोषी ठहर भएलगत्तै उनी जेल परेका थिए । जोधपुर जेलमा दुई दिन विताएपछि उनलाई धरौटीमा रिहा गरिएको थियो ।

सलमान खानले विदेश यात्राका लागि जोधपुर जिल्ला प्रशासन र अदालतमा निवेदन दिएका थिए । जोधपुर अदालतले खानलाई विदेश यात्राका लागि अनुमति दिएको थियो ।

मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्ने कार्यक्रम थियो ।