Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रोकायाको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी नागासाकी जापान सम्पर्क समितिको गठन

Wednesday, May 9, 2018 National Power

जापान – बैशाख २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नागासाकी जापान सम्पर्क समिति बिष्णु रोकायाको संयोजकत्वमा औपचारिक रुपमा गठन भयको छ । सचिव सुरज तामाङ कोषाध्यक्ष दिपेन लामा ,सदस्यहरुमा योगेस निरौला लगायतका यूवाहरुको सक्रियतामा गठन भएको समितिले केही समय अगाडि देखी राष्ट्रिय प्रजातन्त्र पार्टी नागासाकी जापान भन्ने पेज समेत संचालन गरियको थियो ।

बिदेशमा बसेरपनी देशको राष्ट्रियता, प्रजातन्त्र, राष्ट्रिय एकता,हिन्द्दुत्व र देशको समृद्धि लागि केही गर्न सकिन्छ भन्ने उदस्यका साथ यो सम्पर्क समिती गठन गरियको संयोजक रोकायले वताएका छन् । साथै समितीले पार्टीको सल्लाह र बिधि बिधान अनुसार आफ्ना गतिबिधिहरु संचालन गर्ने जनईएको छ ।

साथै प्रदेशमा बस्ने धेरै भन्दा धेरै साथिहरुलाइ यो सम्पर्क समितिमा जोडीन समेत रोकयाले आग्रह गरेका छन् । संयोजक रोकाया भन्छन् “हामिले थोरै भएपनी आफ्नो उपस्थित लाई ससक्त र चलायमान बनाउने छौ ।”