Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

Friday, May 4, 2018 National Power

२१ वैशाख, काठमाडौं –  प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।

सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।  उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।