Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बेलहियादेखि बुद्धचोकसम्म ५० बुद्ध मूर्ति राखिने

Thursday, May 3, 2018 National Power

२० वैशाख, बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने सिद्धार्थनगरको बेलहिया(बुद्धचोक सडक खण्डमा ५० वटा बुद्ध मूर्ति राख्न पहल शुरु भएको छ । बेलहियादेखि बुद्धचोकसम्मको ५ किलोमिटर क्षेत्रमा ६ लेन सडकको बीच भाग ९डिभाइडर० मा हरेक एक सय मिटरको दुरीमा बुद्धमूर्ति राख्ने योजना छ । सिद्धार्थनगरलाई बुद्धमय बनाउन विश्वकै ठूलो बुद्धिष्ट ध्यान केन्द्र धम्मकाया फाउण्डेसन थाइल्याण्डले बुद्ध मूर्ति दिने भएको छ ।

सडकको बीचमा दुबैतर्फबाट देखिने गरी राखिने बुद्ध मूर्ति साढे ३ फिट अग्ला हुनेछन् । सिद्धार्थ बसपार्कभित्र राखिने बुद्ध मूर्ति भने १५ फिट अग्लो हुनेछ । बुद्ध मूर्ति प्राप्तिका लागि स्थानीय सरकार सिद्धार्थ नगरपालिकाले फाउण्डेसनलाई प्रस्ताव पठाउनुपर्ने छ । सिद्धार्थ होटल एशोसिएसनको अवधारणाअनुसार बेलहियादेखि बुद्धचोकसम्म बुद्ध मूर्ति राख्ने पहल थालिएको हो ।