Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

प्रधानमन्त्री ओलीविरुद्ध वैद्यको रेड मार्च 

Saturday, April 28, 2018 National Power

१५ बैशाख , काठमाडौ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतसँग गरिएको सम्झौतासँगै सकिएको दाबी गरेका छन् । शुक्रबार काठमााडैंको इन्द्रचोकमा युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै उनले केही हप्ताअघि भएको प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यहाँ भएको सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गिएको बताए ।

नेता वैद्यले प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप समेत लगाए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्री ओली समृद्धिका कुरा गर्छन् तर सीमा मिचिँदा किन बोल्दैन रु ओली नेतृत्वको सरकारलाई अहिले राष्ट्रवादी भनिए पनि त्यसले दलाल पूँजीवाद र सामन्तवादको रक्षाकवचको काम गरिरहेको समेत उनले आरोप लगाए ।

महासचिव वैद्यले यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न नसक्ने समेत उनले ठोकुवा गरे । महासचिव वैद्यले अर्को एक प्रसंगमा झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादीले लिन नमिल्ने समेत बताए । उनले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ती आन्दोलनको नेतृत्व गरेको नाममा कम्युनिष्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याएको आरोप समेत लगाए ।

उनले भने, झापा आन्दोलन र जनयुद्ध एमाले र माओवादीले गरेको होइन, यो हामीले गरेको हो । कार्यक्रममा सो पार्टीका नेता सीपी गजुरेलले सरकारलाई फाँसीवादीको संज्ञा दिए । पार्टी निकट क्रान्तिकारी युवा लिग नेपाल, ३ नम्बर प्रदेशको आयोजनामा सम्पन्न सो अभियान टुँडिखेलबाट सुरु भएर न्यूरोड, बसन्तपुर हुँदै इन्चोकमा पुगी सभामा परिणत भएको थियो ।