Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भुम्लु गाउपालिका र मण्डनदेउपुर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा

Saturday, April 21, 2018 National Power

८ बैशाख , काभ्रे – भुम्लु गाउपालिका र मण्डनदेउपुर नगरपालिका शुक्रबार एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त घोषणा भएका छन् । मण्डनदेउपुर नगरपालिका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा जिल्लाको पहिलो नगरपालिका दिशामुक्त नगरपालिका घोषणा भएको थियो ।  मण्डनदेउपुरमा बाकी रहेका वडालाइ खुल्ला दिशामुक्त घोषणा भएको थियो । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको सभमपतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । त्यस्तै हाम्रो गौरब हाम्रो पहिचान, खुल्ला दिशामुक्त गाउपालिका हाम्रो सान भन्ने मूल नाराका साथ भुम्लु गाउपालिकालाइ जिल्लाको तेस्रो खुल्ला दिशामुक्त गाउपालिका घोषणा गरिएको छ ।

गाउपालिकाको अध्यक्ष गुमानध्वज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले गाउपालिकालाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका थिए । गाउपालिकाका ४ हजार ४ सय १९ घरधुरीका नागरिकहरुमा शौचालयको पहुच पुगेपछि गाउपालिकालाइ घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काभ्रेका प्रतिनिधि रामकाजी काफ्लेले खुलला दिशामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र गाउपालिकाका अध्यक्षलाइ प्रदान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय तथा वन कार्यालयका प्रतिनिधिले मन्तव्य राखेका थिए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्ने संघ संस्था तथा कार्यालयहरुलाइ कदर पत्र प्रदान गरिएको थियो भने १० वटै वडालाइ प्रशंसा पत्र प्रदान गरिएको थियो । स्थानिय पुर्नसंरचना अनुसार साविकका १७ वटा गाविस रहेको कोशीपारी क्षेत्रमा हाल ज्याम्दी र दोलालघाट थपिएपछि १९ वटा वडाहरु छन् ९ हजार ८३ घरधुरी रहेको उक्त क्षेत्र डाडापारी पछि दोस्रो दुर्गम र भौगोलिक कठिनाइ भएको क्षेत्र पर्दछ ।

भुकम्प पश्चात यस क्षेत्रको चर्पी निर्माण सरसफाइ र स्वच्छता प्रवद्र्धन गर्न यनिसेफ खानेपानी डिभिजन कार्यालयले भिवास सिसिसँग समन्वय गरि सरोकारवालाहरुसँग छलफल, अभिमुखिकरण तथा गरिब घरधरीका लागि प्यान र पाइप सहयोग तथा चक्र कोषको लागि साझेदारीमा गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाइ रकम सहयोग गरिएको थियो । घरधुरीको शौचालयमा पहुच पुगि खुल्ला ठाउमा दिसा नगर्ने समुदायको प्रतिबद्धता आएपछि गाउपालिकाले वडालाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी गाउपालिकालाइ घोषणा गरेका हुन् । घोषणा पश्चात वडा तथा गाउपालिकाले घोषणा समारोहबाट सरसफाइ आचारसंहिता समेत जारी गरेका छन् । ८ लाख ७ सय २० घरधुरी रहेको काभ्रेपलाञ्चोक जिल्लामा हाल ९४ प्रतिशत घरभुरीमा शौचालयको पहुच पुगेको छ ।

खानेपानी तथा सरसफाइ कार्यालय तथा डिवास सिसि काभ्रेका वास कोर्डिनेटर फोकल पर्सन रामकाजी काफ्लेका अनुसार ७५ हजार ८ सय ७६ घरधुरीमा शौचालयको पहुच पुगेको छ । ४ हजार ८ सय ४४ घरधुरीमा शौचालय निर्माण र पहुच पुग्न बाकी रहेको छ । संख्यात्मक रुपमा धुलिखेल नगरपालिकामा २७४ घरधुरीमा र बनेपा नगरपालिकामा ७१ घरधुरीमा मात्र शोचालय निर्माण गर्न बाकी रहेता पनि बजारषेत्रमा ढल तथा सार्वजनिक शोचालय व्यवस्थापन गर्नु पर्ने चुनौती रहेको छ भने बाकी नगरपालिकाहरुको भरेज ९३ प्रतिशत भन्दा माथि रहेको छ । तेमाल र चौरीदेउराली गाउपालिका घोषणा भइसकेका छन् । जिल्ला समन्वय समितिका प्रमुख एवं डिवास सिसि काभ्रेका अध्यक्ष उद्धव केसीले आ।व। २०७४ ०७५ को असार भित्रै जिल्लालाइ घोषणा गर्ने तयारी भइरहेको बताए

हाल सम्म साविकका ५५ गाविस घोषणा भइसकेका छन् । ७ गाउपालिका र ६ नगरपालिका मध्ये ३ गाउपालिका र १ नगरपालिका घोषणा भइसकेका छन् । १३५ वडाहरु मध्ये ७४ वटा घोषणा भइसकेका छन् र २१ वटा घोषणाको तयारीमा छन् ।

अरबिन्द्र गौतम/ काभ्रे