Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सुनाऊन मन लाग्यो कथा गाउँ घर को

Friday, April 20, 2018 National Power

मुक्तक 
सुनाऊन मन लाग्यो कथा गाउँ घर को
झुपडी त्यो चुहिने मक्किएको खर को ।


सुधार्नलाई उद्रिएको कमाउने रहरलेनै
पसें विदेश दुःख पाईयो कामै छ डर ।।

झुपडीको खर बाट जून देख्छ गरीबले
पीर,ब्यथा सपनीमा नून देख्छ गरीबले ।

मर्नलाई डर छैन केवल इज्जत बचाऊँन
हरको लाज ढाक्न ,,उन देख्छ गरीबले ।।


तिम्रो घर जहाँ भएनी बुद्ध जस्तै ज्ञानी बन
शान्तिको सन्देश छरी ममताको खानी बन ।

भोक प्यासले तिमीलाई धेरै सताएको होला
भबिस्यमा अनाथ लाई गाँस दिने दानी बन ।।

धिक्कार छ तिम्रो जन्म दिने बा(आमालाई 
पछि सुन्दर संसार हेर्ने आँखाको नानी बन ।

भगवानले तिम्रो निर्दोष शरीरलाई रक्षा गरुन
तिमी जस्तै अनाथ को प्यास मेटने पानी बन ।।

हार नमान तिमि बाच्नु पर्छ यो पापी दुनियाँमा
नाङ्गा हरुको आङ ढाकी दुस्खिको रानी बन ।।



कृष्ण गौतम 
बर्मा (हाल थाईल्याण)