Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सिरियामा रुसी विदेश मन्त्रीले दिए ग्यारेन्टी

Tuesday, April 17, 2018 National Power

४ वैशाख,  सिरिया – बीबीसीको कार्यक्रम ‘हार्ड टक’मा कुरा गर्दै रुसी विदेश मन्त्री सर्गेई लावरोवले भनेका छन् ‘म ग्यारेन्टी दिन सक्छु कि रुसले त्यो ठाउँमा कुनै छेडाखानी गरेको छैन ।’ब्रिटेन र अमेरिकाले डुमामा भएको रासायनिक हमलाको प्रमाण लुकाउन रुसले सिरियाली सरकारलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।  अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता डुमा कस्बेसम्म पुग्न सकेका छैनन् । जसमा रुसले भनेको छ । सिरियामा रासायनिक हमला भएको ठाउँको निरीक्षण बुधबार हुन सक्नेछ ।

अमेरिकाले रासायनिक हतियारको निगरानी गर्ने अन्तर्राष्ट्रिय समूहलाई रासायनिक हमला भएको ठाउँमा हमलाको प्रमाणसँग रुसले हेराफेरी गर्नसक्ने भन्दै सचेत गराएको थियो । अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल वेपन्स (ओपीसीडब्लु) नामक संस्थाले विश्वभरी रासायनिक हतियारको नष्ट गर्ने र त्यसको रोकथामका लागि काम गर्दै आएको छ । ओपीसीडब्लुका अनुसार उसका नौ सदस्यीय जाँच दललाई सिरिया र रुसका अधिकारीहरुले त्यहाँ अझै सुरक्षित नभएको भन्दै जान दिएको छैन ।

डुमामा ७ अप्रिलमा रासायनिक हमला भएको थियो । त्यतिबेला त्यहाँ विद्रोहीको नियन्त्रण थियो । अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।