Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

भारतमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

Tuesday, April 10, 2018 National Power

२७  चैत,काठमाडौं  – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेको पुष्टि भएको छ । स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।